•            
    • TOKHA LIVE

    • २ असार २०७७, मंगलवार १७:०८

    नेपालमा एकैपटक ३८० कोरोना संक्रमित थपेसंगै संक्रमितको संख्या ६५९१ पुग्यो।

    टाेखा लाइभ,असार २ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या साढे ६ हजार पाँच सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो । यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।

    मंगलबार १ सय १७ गरी आजसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । मंगलबारसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै