•            
    • TOKHA LIVE

    • ३२ जेष्ठ २०७७, आईतवार १८:०४

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो।

    गुल्मी: गुल्मिका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या नेपालमा यो संगै अब १९ पुगेको छ। गुल्मीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको हो । धुर्कोट गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनको सदरमुकाम तम्घासमा उपचार भैरहेको थियो । उनको शव राति नै व्यवस्थापन गरिएको छ ।
    योसँगै गुल्मीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो । नेपालमा भने हालसम्म १९ जनाको कोरोना संक्रमणवाट मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै