टाेखा लाइभ,जेठ ३० काठमाडौं : नेपालमा शुक्रबार एकैदिन थप ४ सय ४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमा ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४ सय ४८ जनामा कोरोना संक्रमण थपिएको पुष्टि गरे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।