•            
    • TOKHA LIVE

    • २९ जेष्ठ २०७७, बिहीबार १९:४४

    नेपालमा कोरोनाबाट थप १ को मृत्यु, मृतकको सङ्ख्या १६ पुग्यो।

    टाेखा लाइभ जेठ २९, काठमाडौं: नेपालमा कोरोना सङ्क्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।
    अस्पतालबाट फर्कँदै गर्दा ज्यान गुमाउनुभएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षकले जनाएको छ।

    घाँटीको शल्यक्रियासमेत गरेको उक्त ब्यक्तिलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि गएकाे मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि फर्कँदै गर्दा उहाँको हिजो बाटोमै ज्यान गएको थियो।
    योसँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । रिपोर्ट नआउँदा सम्म अस्पतालले सामान्य उपचारपछि घरमै चौरमा बेबारिसे अवस्थामा राखिएको थियो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै