•            
    • Sanu Raj Dangol

    • २ असार २०७८, बुधबार १८:४९

    नेपालमा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि :-

    टाेखा लाइभ / असार २,२०७८
    नेपालमा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ८ हजार ६ सय ८७ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार १४ र ४ हजार ३ सय ३५ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख १४ हजार २ सय १६ पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ५२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

    हाल देशभर ६१ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । तिमध्ये ५७ हजार ८ सय २६ जना होम र ४ हजार ३ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै