•            
    • Sanu Raj Dangol

    • २४ जेष्ठ २०७७, शनिबार १५:३५

    कोरोनाबाट डोल्पामा होम क्वारेन्टाइनमा मृत्यु यो संगै मृत्यु हुनेको संख्या १२ पुग्यो।


    २०७७ जेठ २४
    टाेखा लाइभ , काठमाडौं । डोल्पामा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरूषमा कोरोना पुष्टि भएको छ । जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    कोरोना पुष्टि भएका ती ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको थियाे । होम क्वारेन्टाइनमा बसेका बेला सास फेर्न गाह्रो भएर मृत्यु भएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
    शनिबार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै