•            
    • TOKHA LIVE

    • २० बैशाख २०७८, सोमबार ०४:२२

    नेपालमा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि,थप २७ जनाको मृत्यु:-

    टाेखालाइभ डट कम / बैशाख २९ ,२०७८

    नेपालमा आइतबार थप सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १६ हजार १४७ पीसीआर परीक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप १६ सय १२ जना कोरोना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ ।

     

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै