•            
    • Sanu Raj Dangol

    • २२ जेष्ठ २०७७, बिहीबार १७:५६

    नेपालमा काेराेना सङक्रमणबाट निको भएर घर फर्किनेको संख्या दुई सय ९० पुग्यो।

    काठमाडौं : नेपालमा पछिल्लाे २४ घण्टामा १२ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका हुन् । नारायणी अस्पताल वीरगञ्जबाट पाँच जना र कलैया अस्पताबाट सात जना गरी १२ जना सङ्क्रमित निकाे भएर घर फर्किएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    डिस्चार्ज हुनेहरुमा २८ वर्षदेखि ४९ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरु १० औँ दिनदेखि १७ औँ दिनकाे अवधिमा डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज भएका दुई सय ९० मध्ये दुई सय ३४ जना पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् । हाल सम्म कुल ८४ हजार एक सय ३४ पीसीआर परीक्षण र एक लाख २५ हजार पाँच सय ६४ आरडीटी परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ भने पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ६७ पीसीआर परीक्षण र पाँच हजार एक सय ८५ आरडीटी परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय ले जानकारी दिएको छ भने नेपालमा हालसम्म काेराेना सङक्रमणबाट निको भएर घर फर्किनेको संख्या दुई सय ९० पुगेको जनाएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै