•            
    • Sanu Raj Dangol

    • २२ जेष्ठ २०७७, बिहीबार १७:०४

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो।


    २२ जेष्ठ २०७७, विहिवार
    टोखा लाइभ । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपालमा १० औं व्यक्तिको ज्यान गएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । मृत्यु पछि उनको नमुना परिक्षण पोजेटिभ आएको हो ।

    पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै