टाेखा लाइभ,जेठ २१ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दोलखाका ७६ पुरुषको कोरोनाका कारण निधन भएसँगै मृतकको संख्या ९ पुगेको जनाएको छ । जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको १५ गते स्वाव संकलन गरिएको थियो ।
परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।