टोखा लाइभ । टेकु अस्पतालमा उपचारार्थ टोखा नगरपालिका वडा नं -६ का ४१ वर्षीय पुरूष कोरोना संक्रमित बिरामी मंगलवार डिस्चार्ज भएका छन् । विगत केही महिना देखि तरकारीको व्यवसाय गर्दे आईरहेका सो व्यक्तिले संक्रमित कोरोनालाई जित्न सफल भएका हुन् ।
यसैगरी वडा नं ३ का २७ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। जसमा यी दुई व्यक्तिहरूको सम्पर्कमा आएका मानिसहरुको पहिचान गरी जेष्ठ १४ गते ६१ जनाको स्वाव संकलन गरेकोमा आज पीसीआर परीक्षणमा सबै जनामा नेगेटिभ रिपोर्ट देखिएको स्वास्थ्य अधिकृत वसन्त गैरले टोखा लाइभलाई जानकारी दिनु भयो।
यसैगरी टाेखा नगरपालिका वडा नं -७ स्थित क्वारेन्टाइनमा हाल ७ जना संक्रमण को आशंकामा क्वारेन्टाइनमा राखिएको टाेखा नगर प्रमुख प्रकाश अधिकारीले टोखा लाइभलाई बताउनु भयो ।
हाल वहाँहरुको आरडिटी/ परीक्षण केही दिन भित्र शुरू गर्ने लक्ष्यका साथ टाेखा नगरपालिका वडा नं -७ को धापसी स्थित टिलिङटार उच्च मा.भवनको क्वारेन्टाइनमा राखिएको छ। हाल ७ जनाको स्वास्थ्य स्थिति सामान्य रहेको पनि टाेखा नगर प्रमुखले टाेखा लाइभलाई बताए ।