टाेखा लाइभ ,जेष्ठ १७ काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।
शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाएको छ ।थपिएका १८९ जनामा कोरोना संक्रमित हरुमा
कपिलवस्तु १०९,सर्लाही १७,दैलेखका १४ जना,सिरहा ११,सप्तरीका९ ,धनुषा ७,रौतहट ६,दाङ ५,महोत्तरी ४,पर्सा २,संखुवासभा २,झापा १,ललितपुर १,बारा १ जना रहेका छन।
संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।