टाेखालाइभ डटकम/भाद्र ६ ,२०७९
काठमाडाैं महानगरपालिकाको नगरप्रहरी प्रमुख पदमा एसपी राजु पाण्डे चयन भएका छन् ।
महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी) धनपति सापकोटालाई हटाएर सो जिम्मेवारी एसपी राजु पाण्डेलाई दिएका हुन् ।यसअघि नगर प्रहरी प्रमुख रहेका धनपति सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।
काठमाडौं महानगरपालिकामा हाल ५ जना नगरप्रहरी उपरीक्षक(एसपी)मध्ये राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको महानगरपालिकाले जनाएको छ ।