टाेखालाइभ डट कम/जेठ ९,२०७९
काठमाडौं/ काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले निकटतम प्रतिस्पर्धी उम्मेदवारभन्दा करीब १८ हजार मत बढी ल्याएका छन् ।
काठमाडौं महानगरपालिकाको १ लाख २८ हजार ४८५ मत गन्दा स्वतन्त्र उमेदवार बालेन साहले ४३ हजार ८५० मत प्राप्त गरेका छन् । यो मत उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहको भन्दा १७ हजार ९०६ मतले बढी हो।
नेपाली कांग्रेसकी सिंहले हालसम्म २५ हजार ९४४ मत पाएकी छिन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् ।त्यस्तै काठमाडौं महानगरमा नेकपा एमालेकि उपमेयरका उम्मेदवार सुनिता डंगोल जितको नजिक पुगेकी छन् ।