•            
    • TOKHA LIVE

    • १ पुष २०७८, बिहीबार ०९:००

    सुकुन्दा साहित्य पाला:को अध्यक्षमा प्रशान्त डंगोल सर्वसम्मत निर्वाचित

    नविना श्रेष्ठ

    टाेखालाइभ डट कम/ पुस १,२०७८

    काठमाडौ महानगरपालिका अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाको स्नातक र स्नातकोत्तर अध्यापनको अभियान सफलतापूर्वक शूरु भएसँगै बुधबार
    नेपालभाषीहरुको कला, साहित्य , भाषा संस्कृति जगेर्ना गर्ने मुल उद्देश्यका साथ स्थापना भएको
    सुकुन्दा साहित्य पाला:को नयाँ कार्यसमितिको गठन कार्यक्रम एक समारोहका बिच रत्न राज्यलक्ष्मी क्याम्पसमा सम्पन्न भएको छ।

     

    रत्नराज्य लक्ष्मी क्याम्पसकाे नेपालभाषा सुकुण्दा साहित्य पाला:को अध्यक्षमा प्रशान्त डंगोल सर्वसम्मत निर्वाचित भएका छन् ।

    नयाँ कार्यसमितिको अध्यक्ष प्रशान्त डंगोल,उपाध्यक्ष बिनोदमान सिंह,सचिब रिदेन महर्जन, सह-सचिव ईन्द्रमान महर्जन ,काेषाध्यक्ष सुस्मिता राजबहाक,सदस्यहरु रजिना डंगोल, सोमि डंगोल, सुवास डंगोल, सरिता डंगोल, धिरज प्रजापति,सुमित रञ्जित रहेका छन् ।

    कार्यक्रमका सभापति रिदेन महर्जनको अग्रतामा भएको गोष्ठीमा प्रमुख अतिथि प्रा.डा. चन्द्रमान बज्रचार्य, विशेष अतिथि राजेन्द्र महर्जन (राजिकिपु), अतिथि सृमिला सुवाल, अनुप सिङ सुवा,दिपना शर्मा राजभण्डारी,असोज मर्हजन रहेका थिए। कार्यक्रम भने प्रशान्त डंगोलले सञ्चालन गरेको थियो।

    कार्यक्रममा रत्नराज्य लक्ष्मी क्याम्पसकाे नेपालभाषा साहित्यिक समूह सुकुण्दा साहित्य पाला: पुनः गठन समारोहबाट सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएका प्रशान्त डंगोलले अबको नेपालभाषाको अभियान भनेको बृहत
    नेपालभाषा विश्वबिद्यालय स्थापना गर्नु रहेको छ र यस अभियानमा साथ र सहयोग गरिदिनुहुन सम्पुर्ण शिक्षण पेसामा आबद्ध रहनुहुने गुरुवर्ग ,नेपालभाषा अभियन्ता ,नेपालभाषा अध्यनरत विद्यार्थीमा साथ र सहयोगको अपेक्षा गरेका थिए ।

    सुकुण्दा पाला: नयाँ गोष्ठी कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसको एक कक्षा हलमा भएको हो। कार्यक्रमका प्रमुख अथिति प्रा.डा चन्द्रमान बज्रचार्यले अझ सुकुन्दा साहित्य पाला भन्ने नयाँ गोष्ठी गठन गर्नुको मुख्य उद्देश्य भनेको नेपालभाषा बचाइराख्नका निम्ति यो गोष्ठी गठन गरेको तथा मातृभाषा जोगाइ राख्नका लागि गरेको बताए।

    नेपालभाषाका लागि आफूले धेरै संघर्ष गरेको र अध्ययनका लागि पहिला विद्यार्थी नभएर भएको समस्याहरु केही बताएका थिए। अध्ययन गराउने समयमा आफूलाई धेरै आरोप आक्षेप आएतापनि नेपालभाषा आजको दिनसम्ममा स्नातकोत्तर सम्म अध्ययन गराउन रत्नराज्य लक्ष्मी क्याम्पसमा सफल भएको देख्दा निकै खुशी भएको बताए। यहाँसम्म नेपाल भाषा अध्ययन गराउन का निम्ति टोखाका प्रशान्त डंगोल, कीर्तिपुरका रिदेन महर्जनको ठूलो भूमिका रहेको बताए।

    कार्यक्रमका सभापति रिदेन महर्जनले क्याम्पसमा अध्ययन गराउने मात्र ठूलो कुरा होइन विद्यार्थी आफू पनि अध्ययन गर्न जाग्नु पर्ने बताए। नेपालभाषा बचाइराख्न सुरु अरुबाट होइन पहिला आफूबाट हुनुपर्ने बताउनुभएको थियो आफू किर्तिपुर देखि बिहानको समयमा हिँडेर पनि क्याम्पसमा नेपाल भाषा अध्ययनका लागि कक्षामा उपस्थित भएको बताएका थिए। नेपाल भाषा मातृभाषा बचाइराख्न धेरै भुमिका खेलेको जानकारी दिएका छन्

    कार्यक्रमका सभापतिले कार्यक्रममा उपस्थित सम्पूर्णमा नेपालभाषा अध्ययन गरी मातृभाषा बचाउन आग्रह समेत गरे उपस्थित सम्पूर्ण मा धन्यवाद व्यक्त गरेका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै