•            
    • Sanu Raj Dangol

    • १४ आश्विन २०७८, बिहीबार १२:०६

    प्वकः नायः गणेद्यःबाट अपभ्रंश भइ बनेको पकनाजोल गणेश मन्दिरको महिमा

    टाेखालाइभ डट कम/ असोज १४,२०७८

    नेवा: संस्कार र संस्कृति अनुसार, गणेशलाई शक्तिको प्रतीक काम सिद्धिको प्रतिकको रुप वा विभिन्न किसिम र विभिन्न विशेषताले भरिएको देवताका रूपमा मान्दै आइरहेको पाइन्छ। नेवारको बच्चा जन्मेपछि चोख्याउने दिनदेखि जन्मोत्सव, व्रतबन्ध, गुफा राख्ने, बेलविवाह गर्ने, शुभविवाह गर्ने, बूढो पास्नी गर्ने, कुलदेवता पूजाभोज, गुथि, विभिन्न चाडपर्व र जात्रामा गणेशको पूजा सबैभन्दा पहिले गरिन्छ। ठुल्ठूला काम र भोज गर्नुअघि गणेशको पूजा गरेर मात्रै काम सिद्धि गरिन्छ।

    त्यस्तै नेवा: समुदायका चाडपर्व र विभिन्न किसिमका भोजविवाह, व्रतबन्ध आदिमा जाँडरक्सी धेरै चाहिने अनि जाँड पार्दा र रक्सी बनाउँदा पनि जाँडरक्सी राम्रो मीठो पारिदिने देवताका रूपमा गणेशलाई पूजा गरिन्छ। यसरी जाँड रक्सी राम्रो पारिदिने गणेशको पूजा गर्दा काठमाडौंका नेवा: समुदायले प्वकः नायः गणेद्यः (प्वकः भनेको जाँडको कट र नायः भनेको नाइके)अर्थात् पकनाजोल गणेशको पूजा गर्छन्।

    प्वकः नायः गणेशको नाम अपभ्रंश भएर पछि पकनाजोल गणेश हुन गएको हो।काठमाडौंको सोर्हखुट्टे चोक नजिकै रहेको सोर्हखुट्टे गणेश अर्थात यसलाई पकनाजोल गणेश , सिद्धी गणेश पनि भनिन्छ ।

    तर सोर्हखुट्टे गणेश,पकनाजोल गणेश ,सिद्धी गणेश जे भए पनि एउटै रहेको यहाँका पुजारी बताउछन् ।
    यो गणेशको मुर्ति कालो जस्लाइ केही वर्ष अगाडि चादीले सिंगारिएको थियो । हाल सो मन्दिरलाई तामाको अस्ट धातुबाट सिंगारिएको छ। गणेशको मुर्ति अगाडि ३ जना ठुलो मुसा छुचुन्द्रोको मुर्ति समेत राखिएको छ। गणेशको मुर्ति निक्कै आकर्षक रहेको छ। यस गणेश मन्दीर परिसरमा सरस्वतीको मुर्ति ,हनुमानको मुर्ति , बौद्धस्तुपा लगायत विभिन्न देवदेउताका मुर्तिहरु बिराजमान रहेका छन् । प्रत्येक हप्ताको मंगलबार यस गणेश मन्दिरमा भक्तजनहरुको अत्यधिक भिड हुने गर्दछ।

     

     

     

     

     

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै