•            
    • TOKHA LIVE

    • १३ आश्विन २०७९, बिहीबार १०:५८

    कागेश्वरी धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचिकृत गरिने

    टाेखालाइभ डट कम/ असोज १३

    काठमाडौं। ४३औं विश्व पर्यटन दिवसको अवसरमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ जी को समन्वय तथा नेपाल पर्यटन बोर्ड र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कागेश्वरी मनोहरा नगरपालीका वडा नं १ स्थित कागेश्वरी धामम संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की ,उप प्रमुख उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी ,

     

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी पर्यटन मन्त्रालयका सह सचिवहरु राजेन्द्र कुमार केसी र गणेश ढकाल, पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुईटेल, पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापा, जनप्रतिनिधिहरु, नगरपालिकाको प्रमुख राजनीतिक सल्लाहकार सुशिल फुयाँल टान लगायत पर्यटन सम्बन्धी विभिन्न संघ संस्थाका पदाधिकारीहरु ,कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु सहित कर्मचारीहरु र स्थानीयको उपस्थितिमा बिभिन्न प्रजातिका बिरुवा रोपण गरिएको हो ।

     

    कार्यक्रमलाइ सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव सुरेश अधिकारीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ गागलफेदीमा अवस्थित कागेश्वरी धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचिकृत गरिने बताएका थिए ।नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव अधिकारीले कागेश्वरी धामलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि मन्त्रालय र बोर्डले आवश्यक पहल गर्ने पनि बताएका हुन ।

    कार्यक्रममा कागेश्वरी मनोहरानगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि नगरपालिका नेपाल सरकार र नेपाल पर्यटन बोर्डसंग आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापाले कागेश्वरी धामलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि नगरपालिकाले सरोकारवाला निकायहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताएकी थिइन ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले प्रसिद्ध कागेश्वरी धामको पर्यटन प्रवद्र्धनका लागि बोर्डले आवश्यक सहयोग गर्ने बताए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले प्रसिद्ध कागेश्वरी धामको विकास र प्रवद्र्धनका लागि वडा कार्यालय र नगरपालिका लागिपरेको बताउदै पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न बोर्डलाई आग्रह गरेका थिए ।- कपनअनलाइनबाट

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै