•            
    • TOKHA LIVE

    • ६ भाद्र २०७९, सोमबार १९:३३

    स्थानीय स्काउट कागेश्वरी मनोहरा नगरपालिकाद्वारा पदक वितरण समारोह कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भदौ ६,२०७९

    स्थानीय स्काउट कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित पदक वितरण कार्यक्रम सम्पन्न भएको छ। यस कागेश्वरी ओपन स्काउट क्रियूका रोभर लिडर स्काउटर रोभर रेञ्जरलाई कोभिड -१९ मा दिन रात नभनि समाजिक स्वयं सेवक भई जनचेतना मुलक कार्यक्रममा मास्क वितरण,हात धुने र सेनिटाईज लगायत खोप केन्द्रहरूमा स्वयं सेवक भई अतुलनीय भुमिका निर्वाह गरेको हुनाले नेपाल स्काउटले पदक बाट विभुषित गरेको थियो।

    उक्त पदक तथा सर्टिफिकेट कागेश्वरी मनोहरा नगरपालिकाका नगर उप-प्रमुख साथै स्थानीय प्रमुख स्काउट शान्ता थापा साथमा बागमती प्रदेश स्काउटका संयोजक शिवराम अर्याल रहेको थियो। स्थानीय स्काउट कागेश्वरी मनोहरा नगरपालिकाका संयोजक प्रभु भण्डारी त्यसै गरी कागेश्वरी मनोहरा नगर वडा नं ७ का वडा अध्यक्ष भिमसेन थापा , कागेश्वरी ओपन स्काउट क्रियूका दल समिति अध्यक्ष धिरज थापा बाट पदक र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

    उपस्थित सम्पूर्ण अतिथिहरुले आगामी दिनहरुमा पनि स्काउटलाई स्थानीय तहबाट गर्नुपर्ने साथ सहयोग हुने प्रतिवद्धता गराउँदै रोभर रेञ्जरहरुलाई उर्जा र हौसला प्रदान गर्दै आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभई कार्यक्रम समापन गर्नु भएको थियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै