•            
    • Sanu Raj Dangol

    • १५ जेष्ठ २०७७, बिहीबार ०५:३०

    आज सिथि नख:


    टोखा लाइभ,जेठ १५ काठमाडौं । यो पर्व जेष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन मनाउने चलन छ।सिथी शब्द षष्ठीको अपभ्रम्स हो। महादेवको छोरा कुमार कार्तिकेयको जन्म यसै तिथिमा भएको मानिने हुनाले यसदिनलाइ कुमार -षष्ठी पनि भनिन्छ ।सिथी नख: यिनै कुमारको सम्मान गर्ने दिन हो।पहिले पहिले यसदिन इनार,कुवा आदि सफा गर्ने गरिन्थ्यो।हिजोआज टाेलटाेलमा सार्वजनिक धारा वितरण हुन थालेको हुनाले इनार , कुवा सफा गर्ने परम्परा हराएर गयो।यस दिन टाेखामा मास र मुङ्कोबारा बनाएर खाने र खुवाउने चलन छ।आजकै दिनमा उपत्यका र बाहिरका नेवार समुदायहरुले आ-आफ्ना कुलदेवताको विशेष पूजा-आराधना गर्ने परम्परा छ । अक्षय तृतीयबाट सुरु गरिने कुलपुजा ( दुगु द्य:पुजा)को आज अन्तिम दिन पनि हो।गहुुँ भित्र्याइसकेको र असारको मेलो आरम्भ नभैइसकेको प्रायः फुर्सदको समयमा आउने यस चाडलाई रमाइलो पर्वका रूपमा मानिदै आएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै