•            
    • TOKHA LIVE

    • १६ भाद्र २०७७, मंगलवार १४:२८

    आज इन्द्रजात्रा पर्व ,कोरोनाका कारण जात्रा स्थगित:-

    टाेखा लाइभ ,भाद्र१६ काठमाण्डौं :

    इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

    सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।
    वर्षा र सहकालका द वता देव राज इन्द्रको पूजा–आरधना गरी पर म्परगत रूपमा इन्द्रजात्रा पर्व मनाइने भए पनि यो वर्ष नित्य पूजामै सीमित गरिएकाे छ ।विश्वव्यापी रूपमा आक्रान्त बनिरहेको कोराेना भाइरसका कारण यसको राेकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउन र पछिल्लो समय गरिएको निषेधाज्ञाका कारण यो वर्ष इन्द्रजात्रा नित्य पूजामै सीमित गरिएको हो ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर , भक्तपुर , धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ । विगत वर्षहरूमा यो समयमा उपत्यकामा इन्द्रजात्राको माहोल हुन्थ्यो । जताततै देवी दे वतालाई बाहिर प्रदर्शनी गरिएको हुन्थ्यो । तर , यो वर्ष कुनै राैनक छैन । कोराेनाको महामारीका कारण काठमाण्डौको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेपछि याे वर्षकाे इन्द्र जात्रा स्थगित भएकाे हाे ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै