टोखा लाइभ / नविना श्रेष्ठ
२०७७ भाद्र ३ काठमाडौं।
मात्रृ देवो भव। पितृ देवो भव। गुरु देवो भव।।
नेपालीहरूको महान चार्ड पर्व मध्ये कुसेऔंसी बुवाको मुख हेर्ने दिन पनि एक हो। यो दिन बुबा हुनेहरूले आफ्नो बुबालाई मिठा परिकार खुवाएर आशीर्वाद थाप्ने चलन छ। बिहे गरि आफ्नो कर्म घर गएका छोरी चेली हरु पनि आजको दिनमा आफ्नो माइती घर आई बुबाको मुख हेर्ने चलन रहेको छ। यसैगरी बुबा नहुनेहरुले भने कुशे औंसी गोकर्ण (असनको) जनवहाल आर्यालोक्तेस्वर , र नजिकको मठ मन्दिर गएर पिता सम्झी दर्शन गर्ने चलन पनि छन्। आजको दिनमा मन्दिरहरुमा धेरै भिड हुने गर्छ। तर यो वर्ष भने कोरोना भाइरस (कोभिड -१९) को महामारीको कारणले भने सबै मन्दिरहरु सुनसान र बन्द छ। काठमाण्डौ को मन्दिरहरू मध्ये जनबहाल आर्यालोक्तेस्वर
मन्दिरमा पनि आजको दिनमा धेरै भिड हुने गर्छ । यो वर्ष शून्य छ।
जनबहाल मा रहेको कर्णामय भगवानलाई जमल बाट ल्याएर केलटोलमा स्थापना गरिएको भएर यसलाई जनबाहाल भने गरिन्छ। जनबाहाल लाई आर्यालोक्तेस्वर कर्णामय र कनक चैत्य महाबिहार पनि भनिन्छ।
जनबहाला मा रहेका कर्णामयलाई दुई रुपमा पूजा गर्ने गरिन्छ। एक महिला र अर्को पुरुष , आमा नहुनेले आमाको रुपमा पूजा गरिन्छ भने बुबा नहुनेले बुबाको रुपमा पूजा गर्ने चलन छ।यस मन्दिरलाइ वर्षमा एक चोटी गुफा राखि पूजा गरिन्छ र वर्षमा एक चोटि व्रतबन्ध गरी पूजा गर्ने गरेको मछिन्द्र क्लब का उपाध्यक्ष जगत वीर सिंह कंसाकारले बताउनु भयो।
आजको दिनमा आफ्नो पिताको रूप देखिन्छ भन्ने आशामा जनबहाल मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ र सिरा दान दिई पूजा गर्ने परम्परा रहि आएको छ। यस्तो महान चाडपर्वको बेलामा भक्तजनहरूको भिड लाई केही हदसम्म सहज गर्नका लागि र दर्शनार्थीहरू बुढा- बुढी बाआमाहरुलाई दर्शन गर्न सजिलो होस् भन्नकोलागि नेपाल स्काउटले सेवा प्रदान गर्दै आइरहेको छ ।
२०६० सालमा स्थापना भएको मन्छिन्द्र क्लब अन्तर्गत मन्छिद्र क्यूका रोभर रेन्जरहरुले हाल सेवा गर्दै आएको मछिन्द्र क्लब का उपाध्यक्ष र मछिन्द्र क्यूका रोभर लिडर श्री जगत वीर सिंह कंसाकारले जानकारी दिनुभयो। वर्षमा धेरै कार्यक्रमहरुमा सेवा दिँदै आएको र कुशे औंसी, मातातीर्थ औंसी (पन्धान ) को दिनमा पनि शाक्य, ब्रजाचार्यहरुलाई दान दिने दिनमा पनि स्काउटबाट सेवा दिँदै आइरहेकोमा पहिलाको वर्ष मा जस्तै यो वर्ष भने कोरोना भाइरस कोभिड-१९को कारणले गर्दा ती सेवा गर्न नपाउँदा सार्है दुःख लागेको उहाँले बताउनु भयो।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )