•            
    • TOKHA LIVE

    • २७ श्रावण २०७७, मंगलवार ११:०१

    आज श्रीकृष्णाष्टमी पर्व मनाइदैं। पाटन कृष्ण मन्दिर बन्द:-


    टाेखा लाइभ, श्रावण २७ काठमाडौं : आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

    आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मेला प्रभावित बनेको छ । संक्रमण नियन्त्रणका लागि यो बर्ष मन्दिर पनि बन्द गरिएको छ । मनोहरामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ।
    श्री कृष्णाष्टमीमा टाेखाको सपनातिर्थ दापा खल:ले यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण श्री कृष्ण जात्रा नगर्ने भए पनि सिमित पुजाआजा गरि मनाउने भएको छ। भने अन्य खल:पुचले सामाजिक दुरि कायम गरि परम्परालाई निरंतरता दिने बताएको छ।

    श्री कृष्णाष्टमी हिन्दुहरुलाई प्रसिद्ध पर्व हो टाेखाका नेवार समुदाय हिन्दु धर्मावलम्बी भएको हुनाले कृष्णभक्तिको रुपमा यसदिन पूजाआजा गर्दछन्। रातभर जाग्राम बसी भोलिपल्ट भजनकिर्तनद्वारा खट जात्रा गर्दै टोखा नगर परिक्रमा गर्ने चलन छ । यसरी कृष्ण यात्रा गर्दा टाेलकाले भिक्षा( केपु) रुपमा हरेक घरबाट कृष्णलाई चामल,गहुँ ,दान दक्षिणा दिन्छन् । भिक्षा लिने खल:पुचले कृष्णको फुल प्रसादको रूपमा फुल, फलफूल ,खिर,आदि घरकासबैलाइ बाड्ने परम्परा रहेको छ। रथ यात्रा गर्दा कृष्णको प्रतीकस्वरुप मानेर व्रतमा भगवान श्रीकृष्णको तस्बिर राख्ने चलन छ । रथ चारजनाले बोक्ने गरिन्छ भने बीचमा एक जना पुजारी बस्ने गरिन्छ । भजन खल:को संख्याको आधारमा टोखामा विभिन्न ठाउँमा रथयात्रा गरि टाेल घुम्ने चलन छ। यसरी घुम्दा टाेखा नगरपालिका २ नासल च्वोक मन्दीर हुदै टाेखा नगरपालिका३ परिक्रमा गर्दै श्रीकृष्ण यात्राको समापन गरिन्छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै