•            
    • TOKHA LIVE

    • २० श्रावण २०७७, मंगलवार ०७:१७

    आज गाईजात्रा सापारु पर्व।


    टाेखा लाइभ,श्रावण २० काठमाडौं । गाइ जात्रा सापारु काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ सापारु पर्व मानिन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

    काठमाडौं टाेखामा पनि गाईजात्रा भाद्र कृष्ण प्रतिपदा अर्थात् क्वाटी पूर्णिमाको भोलिपल्ट पर्ने यो पर्व वर्षभरिमा कसैको घरमा कोही मरेको छ भने प्रत्येक मृतकका घरबाट मरेको आत्माको शान्तिका लागि गाई जात्रा गर्ने चलन छ। यस दिन गाईलाई लिएर यात्रामा अगाडि बढ्दा गाईको सिंहले घच्याडी दिएपछि बन्द रहेको स्वर्गद्वार खुल्छ र मृतककोले स्वर्ग को सुख प्राप्ति गर्छ भन्ने जनविश्वास रहेको पाइन्छ। काठमाडौं को टाेखाकाे नेवार जातिमा भने गाईको सट्टा गाईको मुखुण्डो तथा सिङ्ग बनाएर गाईको रुपमा लिने मान्छेले लगाउने र समूह मिलेर टोखा नगर परिक्रमा गर्ने चलन रहेको छ ।गाई बनेर नगरपरिक्रमा गर्दै हिँड्दा गाई बन्नेलाई मर्ने मान्छे घरका परिवारहरुले विभिन्न खाद्य परिकार हरु दानदक्षिणा दिने गर्दछ्न। नगर घुम्नेहरले टोखा नगरपालिका २ र ३ घुमेर टाेखा नगरपालिका २ स्थित नासल चोक भएर तलेजुको मन्दिर मा पुगेपछि क्रमश आ-आफ्नो घरतिर लाग्ने परम्परा रहेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै