•            
    • TOKHA LIVE

    • १० श्रावण २०७७, शनिबार २३:३०

    गोसाइँकुण्ड मेला स्थगित:-


    रसुवा : जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला यस्पालि स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गरिएको हो ।

    उक्त समितिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै गोसाइँकुण्ड जाने यात्रुका लागि बास बस्न तयार गरिने अस्थायी छाप्रोलगायत सबै प्रकारका व्यवस्थापकीय कामसमेत बन्द गरिएको बताएको छ ।
    प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा चलीआएको छ । कोरोना सङ्क्रमणका कारण गत जेठ महिनाको दशहरा पर्वसमेत प्रभावित बनेको समितिले बताएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै