टाेखालाइभ डट कम/नविना श्रेष्ठ
फागुन १७ ,२०७९
नक्साल भगवतीसंग रानी नवसागरको सम्बन्ध जोडिएको तर कलियुग सुरु भएसंगै यो मुर्तिको स्थापित भएको मानिएको छ। नक्साल भगवती प्रशिद्ध शक्तिपिठ हाे । हिन्दूहरू नवरात्रका बेला याे मन्दिरमा आमरूपमा पुग्छन्। शैलीको भव्य मन्दिरमा नक्साल भगवतीको चिल्लो र आकर्षक मूर्ति छ। शाह वंशावलीहरूमा चर्चा गरिएअनुसार देवीको स्थापना लिच्छवि कालतिर भएको हो। उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्तिहरू राखिएका छ। यता पलाञ्चाेक भगवतीमा पनि त्यस्तै प्रकारको मूर्ति छ।यी चार मुर्तिका देवीहरूलाई दिदीबहिनी मान्ने चलन पनि छ। राणा प्रधानमन्त्री जुद्ध शमशेर तथा राजा महेन्द्र शाहलगायतले समय समयमा यसको जिर्णोद्धार गर्दै आएका थियो। मन्दिरलाई सुन्दरता, सुन्दरताले निम्त्याउने घमण्ड र घमण्डले निम्त्याउने परिणामको पाठ सिकाउन स्थापित मन्दिरको रूपमा पनि व्याख्या गरिएको पाइन्छ। भगवती दुर्गाकै रूपमा पुजा गरिने नक्साल भगवतीप्रति काठमाडौं उपत्यकाका भक्तजनमा ठूलो आस्था रहेको छ। विशेष गरेर घटस्थापनादेखि यहाँ भक्तजनको भिडभाड बढ्ने गर्छ।
नवरात्रीबाहेक शनिबार पनि भक्तहरू दर्शनका लागि नक्साल भगवतीको मन्दिर जाने गर्छन्।नक्साल भगवतीको पूजा अराधना गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ। नक्साल भगवती किंवदन्ती भगवानसँग जोडिएको छैन। रानीसँग जोडिएको छ। यो मन्दिर द्वापर युग सकिएर कलियुग सुरु भएपछि निर्माण गरिएको मन्दिर हो। कलियुग सुरु भएको करिव एक हजार वर्षपछि कान्तिपुरमा विक्रमकेशरी नामका राजा थिए ।उनकी रानी नवसागर हो। नवसागर अत्यन्तै सुन्दर थिईन्।त्यही समयमा एक जना मूर्तिकारले मूर्ति तयार पारे छ। निकै सुन्दर भगवतीको मूर्ति तयार पारेर ती मूर्तिकारले नवसागर भगवती नाम दिए पछि रानीकै नाम दिएर उनले त्यो मूर्ति रानीलाई नै चढाएछन्। सुन्दर मूर्ति त्यो पनि आफ्नै नाममा बनेको देखेर रानी निकै खुशी भए छन्।
उनले पनि आफ्नै नामबाट भगवतीको नाम राख्न लगाई विधिवत रूपमा मन्दिर स्थापना गराएर मूर्ति राख्न दिए छन्।मन्दिरको नाम नवसागर भगवती थियो। तर कालान्तरमा अपभ्रंश हुँदै नक्साल भगवती भएको हो। मूर्ति सुन्दर त थियो नै, निकै उग्र पनि थियो । मूर्तिमा सुन्दरताको यति घमण्ड थियो कि, अन्त्यमा मूर्तिलाई खाल्डो खनेर ढुङ्गाले छोप्न पर्ने अवस्था आयो। पछि राजा शंकरदेवले विसं ६६४ मा फेरि विधिवत् रूपमा भगवतीको मूर्ति स्थापना गरी प्रेत चर्तुदशीका दिन रथारोहण गरी यात्रा गर्ने प्रवन्ध मिलाएर शंकरदेवले नै मन्दिरमा सोह्र भुजा (१६ ओटा हात भएकी) देवीको मूर्ति स्थापना गरेको हो।