•            
    • TOKHA LIVE

    • २४ असार २०७७, बुधबार १७:२७

    सामाजिक यथार्थवादी कलाकार: देवेन्द्र थुम्केली

    टाेखा लाइभ, असार २४ काठमाडौं: देवेन्द्र थुम्केली, अर्जुनचौपारी–३, स्याङ्जामा जन्मिनुभएका सामाजिक यथार्थवादी कलाकारका रुपमा परिचित हुनुहुन्छ । हाल उहाँ एक कलाकार, कला पत्रकार, कला लेखक तथा कला अभियन्ताको रूपमा काम गरिरहनुभएको छ । उहाँ नेपाल ललितकला परिषद्का केन्द्रीय संयोजक, नेपाल ललितकला पत्रकार समाज (सोफाज) र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवका रुपमा काम गरिरहनुभएको छ । उहाँले युनिभर्सल कलेज न्यु समिट कलेजमा कला विषय अध्यापन गर्दै आइरहनुभएको छ । त्यसैगरी उहाँ कलासम्बन्धी दर्जनौं संघसंस्थामा आबद्ध रही कला क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षण कार्यमा क्रियाशील रहिरहनुभएको छ ।
    थुम्केलीले सन् २००९ मा काठमाडौं विश्वविद्यालयको कला तथा डिजाइन विभागबाट दक्षिण एसियाली कलामा स्नातक गर्नुभएको छ । त्यस्तै, उहाँले त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागबाट चित्रकलामा स्नातकोत्तर गर्नुभएको छ । उहाँका अहिलेसम्म सात पटक नेपालका विभिन्न स्थानमा एकल कला प्रदर्शनी भएका छन् । साथै दर्जनौं पटक देश विदेशमा भएका सामूहिक कला प्रदर्शनीमा सहभागी हुनुभएको छ ।
    उहाँले ललितकला द्वैमासिक पत्रिकाको सम्पादन तथा प्रकाशन गर्नुभएको छ । यस्तै, उहाँले कलादृष्टि साप्ताहिक तथा नेपाली आर्ट न्युज डटकमको सम्पादकको जिम्मेवारी सम्हालिसक्नु भएको छ । हाल उहाँ सौर्य दैनिक पत्रिकामा आबद्ध हुनुहुन्छ । साथै उहाँसँग थुप्रै दैनिक, साप्ताहिक, मासिक तथा आधा दर्जन अनलाइन समाचार पोर्टलमा काम गरिसकेको अनुभव छ । उहाँले २०६४ सालमा थारु लोककला लगायत नेपाली कलाका विविध आधा दर्जन बढी विषयमा अनुसन्धानसमेत गनुभएको छ । उहाँले एक दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार पाउनुभएको छ ।

    source : ODAN

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै