•            
    • TOKHA LIVE

    • २३ असार २०७७, मंगलवार २१:१६

    भोली हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित ।

    टाेखा लाइभ,असार २३ काठमाडौं : भोलि बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण रोकिएको छ ।
    जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रथारोहण स्थगित गर्न निर्देशन दिइएको गुठी संस्थान ललितपुरले जानकारी दिएको छ ।कोरोना भाइरस संक्रमण उपत्यकामा बढदै गएकाले गुठी संस्थान ललितपुरले भोलीका लागि निर्धारण गरिएको रथारोहण स्थगित गर्न निर्देशन दिएको हो ।
    कोरोनाका कारण रोकिएको रथ निर्माणसँगै ज्योतिषले असार २४ गते रातो मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्ने साइत निकालेपछि सोही अनुसार तयारी गरिएको थियो ।
    कोरोना भाइरसका कारण स्थगित भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ जात्रा लकडाउन खुकुलो भएसँगै पुल्चोकमा ३२ हात अग्लो रथ निर्माण भने अन्तिम चरणमा पुगेको छ ।
    तर गुठीको पत्र आएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । अव कोरोना संक्रमण कम भएपछि प्रशासनको परामर्शमा मात्रै रथारोहणको नयाँ साइत निकालिने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै रथारोहणको साइत निकल्दा परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएको थियो ।
    चैत २७ गते महास्नान गरेर वैशाख १२ गते पुल्चोकमा रथारोहण गर्नुपर्ने भएपनि लकडाउनका कारण रथ निर्माण हुन नसकेपछि रोकिएको छ । अहिले मच्छिन्द्रनाथको मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजनपाटीमा राखिएको बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै