•            
    • TOKHA LIVE

    • २७ चैत्र २०७८, आईतवार ०९:३६

    चैते दशैंको दिनबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    चैत २६,२०७८

    काठमाडौं /चैते दशैंको दिनबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरे हाम्रो नेपाल, हाम्रो संस्कृति, जात्रा पर्व , राष्ट्रिय गर्व भने नाराका साथ रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी जमल ल्याएको थियो।

    यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्ग स्थित तीनधारा पाठशाला अगाडी बनाइएको रथमा रथारोहण गर्ने मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीले बताए। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा शुरु हुन्छ।

    काठमाडौँको पुरानो बस्ति भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म यो जात्रा मनाउने गरिन्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गर्ने गरिन्छ।

    चैते दशैं हिजो पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट घण्टाघर, रत्नपार्क, भोटाहिटी हुदै असनमा राखिन्छ भने अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन रहेको छ।

    रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ।

    मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन रहेको छ।

    सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरुको दिन देखि अन्तिम दिन सम्म मछिन्द्र क्लबका अध्यक्ष, पदाधिकारीहरु ट्राफिक प्रहरी,सशस्त्र प्रहरी मछिन्द्र क्यु का रोभर रेञ्जर, सिद्धि गणेशका रोभर रेन्जरहरु लगायत सम्पूर्ण स्थानीय महानुभावहरु रथयात्रामा सरिक हुने गर्दछ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै