•            
    • TOKHA LIVE

    • २८ जेष्ठ २०७७, बुधबार २१:०७

    रानी पोखरी : सेतो हात्तीको कथा अनि किचकन्या ।

    २८ , जेष्ठ २०७७, बुधवार ।

    टोखा लाइभ – काठमाडौंको रानीपोखरीको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तर्गत पोखरीको तलाउमा माटो र इँटा बिच्छ्याउने सकिएको छ ।

    पोखरीको चारैतिर पर्खाल लगाउने काम भैरहेको छ । सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएसंगै पुन निर्माणको कामले गति लिएको हो ।

    रानीपोखरीसंगै बालगोपालेश्वर मन्दिरलगायतका पुरातात्विक संरचनाको पुनर्निर्माणको काम अहिले भैरहेको छ । सवै निकायको र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीबाट नै रानीपोखरी पुनःनिर्माणको काम भैरहेको छ ।

    प्रताप मल्ल मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म (३३ बर्ष) रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । यिनका बाबु लक्ष्मी नरसिंह मल्ल हुन् ।

    प्रताप मल्लले छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोक पिडित भएकी रानीलाई सान्तवना दिनको लागि वि.स. १७२७ मा रानी पोखरीको निर्माण गरेका थिए ।तान्त्रिक शक्तिद्धारा काल भैरवलाई हसाउने र मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा प्रताप मल्ल हुन् । धेरै पहिले तान्त्रिक राजा प्रताप मल्ल एउटी सुन्दरी किचकन्या संग प्रेम परेको र आदि इत्यादी घट्ना, दुर्घट्ना भै रानी पोखरी बनाउन लागाए भन्ने कथन छ।
    प्रमाण खोज्ने भए अझै रानीपोखरीको दक्षिण छेउमा मालिकको शालिक सहित हात्तीले किचकन्नेको अस्तुलाई कुल्चिराखेको मूर्ति अद्यापि छंदै छ।

    हिक्मत/सानुराज स्थलगत रिपोर्ट

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै