•            
    • Sanu Raj Dangol

    • २३ जेष्ठ २०७७, शुक्रबार २०:४९

    कलामा शिक्षाको बहस

    टाेखा लाइभ,२०७७ जेठ २३

    काठमाडौं । नेपालमा मौलिक कला र संस्कृति शिक्षालाई समयापेक्षसँगै प्रविधिमैत्री बनाएर लैजानु पर्नेमा विज्ञले जोड दिएका छन् । । नेपाल ललितकला पत्रकार समाज (सोफाज) को नियमित कार्यक्रम ‘कलाका कुरा’ को ३९औँ शृंखलामा ‘कला शिक्षाको अवस्था र चुनौती’ विषयमा भएको बहसमा कला शिक्षालाई माटो सुहाउँदो बनाउन यस्तो धारणा अघि सारेका छन्। उनीहरुले विशेष जोड दिएको हो । उक्त बहसमा काठमाडौं विश्वविद्यालय कलाका विभागका सहप्राध्यापक सुजन चित्रकार तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस ललितकला क्याम्पसका प्रमुख डा.रमेश पोखरेलले सहभागी भएको उक्त कला शिक्षाको बहसमा उहाँहरूले नेपालको कला शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाका बारेमा आ–आफ्ना धारणा सार्वजनिक गरेका हुन। ( जुम )भर्चुअल संवादबाट गरिएको उक्त बहसमा उनीहरुले समय सान्दर्भिक रुपमा कला शिक्षाको पाठ्यक्रम नै परिमार्जन गर्नुपर्नेमा विचार व्यक्त गरे । नेपाली माटो सुहाउँदो कला शिक्षा हुनुपर्नेमा जोड दिँदै डा पोखरेलले पछिल्लो परिस्थितिलाई ध्यान दिइ आागामी दिनमा पठनपाठन बनाउनुपर्ने चुनौती थपिएको बताउनु भयो ।

    उनले भने, ‘कोरोना भाइरसका कारण लगाइएको लकडाउनले कला विषय अध्यापनको पाटो निकै चुनौतीपूर्ण बनेको छ । प्राक्टिकल विषय भएकाले यसलाई कसरी अनलाइन तथा अन्य माध्यमबाट अध्यापन गराउने भन्ने बारेमा हामीहरु छलफल मै केन्द्रित छौं ।’ आगामी दिनमा नेपालमा मौलिक कला र संस्कृतिका विषयलाई समेत पाठ्यक्रममा समावेश गरिनुपर्ने धारणा राख्दै डा.पोखरेलले विश्वविद्यालयसँगै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले कलाको महत्वलाई ध्यान दिइ कार्यक्रम ल्याउनुपर्ने जिकिर गरे । उनले नेपालमा खुलेका सबै विश्वविद्यालयले कला विषय अध्यापन गराउनुपर्ने बताए ।
    ‘पश्चिमी तथा पूर्वीय मान्यतामा आधारित कलाका विविध पक्षलाई ध्यान दिएर पाठ्यक्रम बन्नुपर्दछ । जसले हामीलाई सीमित नराखी खुल्ला र दक्ष बनाउन महत्वपूर्ण सघाउँ पुर्याउँछ ।’ नेपालमा कला शिक्षाका बारेमा खासै बहस नभइरहेका बेला समाजले बहसको थालनी गरेको अध्यक्ष केशव राज खनालले बताए । उनले कला शिक्षालाई विद्यालय तहदेखि नै लागु गर्न सकिए त्यसले नेपालको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण सघाउँ पुग्ने सुझाए । समाजका महासचिव देवेन्द्र थुम्केलीको सहजीकरणमा भएको आर्ट नेपाल र प्रोसी सोलुसनले प्राविधिक सहयोग गरेको उक्त कार्यक्रममा सहप्राध्यापक चित्रकारले कला शिक्षा समयापेक्ष हुनुपर्ने भनाइ राख्दै नेपालमा कला शिक्षालाई जटिल नबनाइ सरल दक्ष बनाउनुपर्ने जोड दिए साथै उनले कला शिक्षालाई पहिलेको जस्तो जटिल नबनाइ सहज र व्यवहारिक बनाउनुपर्ने धारणा अघि सारे। उनले भने, ‘अब कला शिक्षकभन्दा पनि फेसिलेटरका रुपमा विद्यार्थी उनीहरुको रुचिलाई मार्गनिर्देशन गर्नुपर्दछ ।’ सह.प्रा. चित्रकारले काठमाडौं विश्वविद्यालयले दक्षिण एसियाली कला त्यसमा पनि नेपाली कलाका विविध शैली र धारालाई बढी जोड दिएको बताए ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै