•            
    • Hikmat Dangol

    • १० चैत्र २०७७, मंगलवार १०:२६

    यथार्थवादी चित्रकलामा रमाउने चन्द्रा श्रेष्ठ

    •हिक्मत डंगोल

    हरेक चित्रकलामा नौलोपन दिन रूचाउने चन्द्रा श्रेष्ठ । उनलाई आध्यात्मिक शान्तिको उपासक भन्ने पनि हुन्छ ।उनका चित्रहरूले आध्यात्मिक शान्ति खोज्छन ।अनि त्यसकै वकालत गर्छन।कलाकार चन्द्रा श्रेष्ठले आफ्नो सिर्जना यात्रालाई आध्यात्मिक खोजमा लाग्नु भएको २ दशक भन्दा बढी भैसकेको छ।

    नभन्दै चन्द्राको प्राय: सिर्जनाहरू पूर्वीय संस्कृतिमा जीवन र कलालाई धर्मको माध्यमबाट जोडेको छ।यो धार्मिक आस्था पुर्वीय संस्कृतिमा मात्रै छ । वर र पिपल शक्तिको पुजा … गज्जबको संयोजन !! “जीवन र हाम्रा धर्म, संस्कृतिहरु जति बुझ्न खोज्यो त्यति अर्थपूर्ण र रहस्यमयी लाग्छन् । हो ! शक्तीको पूजा र आराधना यो गज्जवको संयोजन छ मेरो आर्टमा । आधुनिक कालमा पनि वर र पिपलको पुजा एवं यसको ब्यवहारिक महत्व र उपादेयता अझ बढी देखिन्छ “। चन्द्रा भन्छिन ।

    “सबै धर्मको सन्देश प्रेम, आस्था अनि कल्याणकारी हो। तर सनातन धर्म र पूर्वीय दर्शनले जुन वैराग्यको स्थितिमा रहेर पनि मानव कल्याणको लागि कर्म गर्न प्रेरित गर्दछ । यसमा म पूर्वीय दर्शन र जीवन पद्धती देख्दछु।” चन्द्रा भन्छिन । उनको रंगका सिर्जनाहरूमा हरेकले यो स्पस्ट अनुभव गर्न सकिन्छ । चन्द्राको उत्कृष्ट आर्ट अहिले काठमाडौंको आर्ट काउन्सिलमा विभिन्न ११ चित्रकारको संयुक्त चित्र प्रदर्शनी भईरहेको आर्टिस्ट इलेभेन ‘ मा हेर्न पाइन्छ।

    “एक पटक बनिसकेको आर्टलाई सुधार गर्न नसकिने कुरा उनी बताउँछिन। यो एउटा विशुद्ध सिर्जना हो। लामो समयको लगाव, मिहिनेत बाट नै यो परिमार्जन हुँदै जाने हो।”
    चन्द्रा भन्छिन ।

    चन्द्रालाई कुनै पनि आर्ट गर्न यति नै समय लाग्छ भन्ने हुँदैन । चन्द्राको अनुसार कहिले १/२ दिन त कहिले ७ दिन सम्म लाग्छ । यस पटकको प्रदर्शनीमा रहेको पेन्टिंग सकाउन उनलाई ६ दिन लाग्यो।

    चन्द्राको ६ पटक सम्म एकल कला प्रदर्शनी भैसकेका छन्।विशेष गरी उनको कला यात्राले सन २००६ र ७ मा एशियन फ़ेलोशिप अवार्ड द. कोरिया बाट प्राप्त गर्नु भएको थियो।

    बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ११ चित्रकारको संयुक्त चित्र प्रदर्शनी “ आर्टिस्ट इलेभेन” मा प्रदशर्न भइरहेको चन्द्राको पनि पूर्वीय दर्शन र जीवन पद्धतीकै मिसनमा समर्पित छ। जहॉ उनले पुर्वीय संस्कृति, सदभाव, र सम्पदा झल्काउने ४ वटा नयॉ सिर्जना राखेका छन्। उनी भन्छिन- “ मेरो सिर्जनाले अहिले कसैलाई आराधना ईश्वर अथवा ब्रमाण्डका नायक वा परमात्माको शक्ति बारेमा थोरै प्रेरणा दिए भन्ने म सफल भएको ठान्नेछु।” चन्द्राको अनवरत नयॉ सिर्जनाले थप नयॉ उचाई दिएको जो कसैले अनुभूति गर्न सकिन्छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै