टाेखा लाइभ, जेष्ठ १५ , २०७७ विहिवार ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्ग निमार्ण पक्रिया अगाडी बढाउन टोखा छहरे सुरुङ्ग मार्गको लागि ६ अर्व ४२ करोड बिनियोजन गरेको बताए ।
सडक विभागले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेर अर्थ मन्त्रालयमा निर्माणका लागि वैदेशिक सहायता जुटाउन प्रस्ताव गरिरहेको बेला सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ लागि यस्तो बजेट बिनियोजन गरेको जनाएको छ।
चीनको सीमा जोडिएको रसुवागढी नाकादेखि नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङ मार्ग निर्माण भए व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने र राजधानी काठमाडौं छिट्टै पुगिने नुवाकोट र रसुवावासि लाभान्वित हुनुको साथै सडक डिभिजनका अनुसार रसुवागढी–बेत्रावती, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिनेछ । बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरुङ मार्ग निर्माण भए अझै सडक छोटो बन्ने सडक डिभिजनको दाबी छ ।
चीनको रेसुओपोर्ता र नेपालको रसुवाको सीमानाका रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, नुवाकोट त्रिशूली, विदुर, गंगटे, ढिकुरे, छहरे, गुर्जेभन्ज्याङ, काठमाडौंको टोखासम्मको दूरी १ किमि को हाराहारी रहेको छ । छहरेदेखि टोखासम्म लगभग २७ किमि टाढा रहेको छ । उक्त सडक साँघुरो छ घुमाउरो सडक वर्षात्को समयमा भारवहन गाडीले गुड्दा बाटो भत्किएको उक्त टाेखाछ्हरे सडकमा आउजाउ गर्दा धेरै सास्ती खेप्नु परेको नुवाकोटवासी बताउँछन् ।अबको यो बजेट बिनियोजनसंगै काठमाडौं जोड्ने सुरुङ मार्ग निर्माण भए व्यापार व्यवसाय बढ्नेमा केही राहत पुगेको बताए।
अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्रीका रुपमा लगातार तेस्रो बजेट ल्याएका हुन्। चालू आर्थिक वर्षका लागि उनले गत वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेका थिए। जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) विनियोजन गरिएको थियो।