Underwriter ले प्राथमिक शेयर निष्काशन गर्न सर्वसाधारणको लागि मूल्य निर्धारण गर्ने विधि ।
– रामकृष्ण श्रेष्ठ
Cut Off Price : कम्पनीले बुक विल्डिङ्ग विधि प्रयो गरी धितोपत्र निष्काशन गर्दा योग्य संस्थागत लगानी कर्तालाई जुन मूल्यमा धितोपत्र वाँडफाँड गर्छ त्यो मूल्य नै कट अफ मूल्य हो ।
कस्ता कम्पनीले यस विधिबाट प्राथमिक शेयर निष्काशन गर्न पाउँछ ?
१. तीन आर्थिक वर्षसम्म लगातार खुद मुनाफा प्राप्त गरेको
२. संस्थाको साधारण सभाले बुक विल्डिङ्ग विधि मार्फत आईपीओ जारी गर्ने निर्णय गरेको
३. कम्पनीको प्रति शेयर नेटवर्थ चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत कायम भएको
४. कम्पनीले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको कम्पनी (ग्रेड ३ वा सो भन्दा माथि)
Process
BOOK BUILDING SYSTEM – please see the picture first
तलको टेबल अनुसार योग्य कम्पनीबाट १,००,००० कित्ता शेयर आधार मूल्य रु.१५० मा प्राथमिक बजारमा शेयर निष्काशन गरेको छ । यो सर्वसाधारणको लागि नभई संस्थागत लगानीकर्ताहरुको लागि जारी गरिएको धितोपत्र हो ।
यस बेला आधार मूल्य रु.१५० मा २० प्रतिशत बढि वा कम अर्थात १२० देखि १८० सम्ममा योग्य कम्पनीले द्यक्ष्म् हाल्न पाउँछ ।
तलको तालिकामा ४ योग्य कम्पनीले रु. १९० मा ५०००० कित्ता शेयर खरिदको लागि बउउथि गरेको छ जुन सिमा मूल्य भन्दा बढि भएकोले ती कम्पनीहरुलाई कुनैपनि शेयर बाँडफाँड गरिंदैन ।
३ कम्पनीले ४०००० कित्ता शेयर रु १७३ मा apply गरेको छ । सिमा मूल्यको परिधिमध्ये सबैभन्दा बढि मूल्य भएकोले पूरै ४०००० कित्ता नै ती कम्पनहरुको नाममा शेयर बाँडफाँड हुन्छ ।
यो मूल्य भन्दा कम रु १५४ मा १० कम्पनीहरुले ३०००० शेयर apply गरेको छ ती सबै कम्पनीको नाममा पनि ३०००० कित्ता नै शेयर बाँडफाँड गरिन्छ ।
यो भन्दा कम मूलय रु १३५ मा २० कम्पनीले ५०००० शेयर apply गरेको छ । तर कुल निष्काशित शेयर १००००० मध्ये ७०००० कित्ता शेयर रु१३५ भन्दा बढिमा बाडफाड भैसकेकोले बांकी ३०००० कित्ता शेयर मात्र यो मूल्यमा समानुपातिक रुपमा बाँडफाँड गरिन्छ
यो न्यूनतम मूल्यर्लाइ नै कट अफ मूलय भनिन्छ ।
यो मूल्य भन्दा कम बाल्ने कम्पनीलाई कुनै पनि शेयर बांडफांड गरिंदैन ।
यहा कट अफ मूल्य रु. १३५ भन्दा बढि बोल्ने माथिको (रु १७३ र रु १५४) कम्पनीहरुलाई पनि यही कटअफ मूल्य रु.१३५ मै शेयर बाँडफाँड गरिन्छ र बढि भएको रकम फिर्ता दिईन्छ ।
पछि सर्वसाधारणहरुको लागि शेयर निष्काशन गर्दा यही कट अफ मूल्य रु.१३५ मा कायम हुन्छ ।
यस अवस्थामा सर्वसाधारणले कम्तिमा ५० कित्ता शयेरको लागि आवेदन दिनुपर्दछ र
सर्वसाधारणले पनि कम्तिमा ५० कित्ता शेयर नै पाउँछ ।
यसबाट प्रिमियममा शेयर आहवान गर्दा बढि मूल्य तोकिने हुँदैन र यसको आवश्यकता पनि हुँदैन।