•            
    • TOKHA LIVE

    • १६ श्रावण २०७७, शुक्रबार १९:०१

    सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय पुग्यो।

    टोखा लाइभ । लकडाउनयता मात्र करीव २५ हजार हाराहारीले वृद्धि भएको सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय पुगेको छ । शुक्रबार तोलामा ५ सय बढेको सुनको मुल्य ९९ हजार ३ सय प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय मूल्य अनुसार नै उकालो लागेको हो । बिहीबार सुन ९८ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

    कोभिड १९ को महामारीका कारण लगानीका विभिन्न क्षेत्र बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा लगानी खन्याएका छन् । शेयर बजार घटिरहेको र डलरको मूल्य समेत कमजोर भइरहेको अवस्थामा सुनको मूल्यले आकास छोएको हो । नेपालमा यो मूल्य इतिहासकै सर्वाधिक हो ।

    अहिले हरेक दिन सुनको मूल्यले कीर्तिमान राखिरहेको छ । मूल्य वृद्धिपछि कारोबार भने ठप्प छ । सुनको मूख्य सिजनमध्ये एक तीज पनि हो । तर, यस बेला मूल्य अत्यधिक भएपछि कारोबार हुन सकेको छैन । चाँदीको मूल्यमा भने बिहीबार कुनै परिवर्तन आएन् । बिहीबार चाँदीको भाउ तोलाको १२ सय २५ रुपैयाँ रहेको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर

     घट्यो सुनको मूल्य

    नेप्सेमा सामान्य अङ्कको सुधार

    घट्यो सुनको मूल्य

    नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

    सुनको मूल्य बढ्यो

    सुनको मूल्य घट्यो

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै