•            
    • TOKHA LIVE

    • २८ आश्विन २०७७, बुधबार १८:४८

    टोखा चाकु निर्यातका लागि ब्राण्ड निर्धारित

    टोखा लाइभ । मिठो परिकार चाकु निर्माणमा प्रसिद्ध टोखा परम्परागत चाकु संरक्षण समाजले आफ्ना उत्पादन विदेशमा निर्यात्का लागि उत्पादकको सामुहिक ब्राण्ड नाम निर्धारण गरेको छ । बुधबार टोखामा बसेको समाजको केन्द्रीय समितिको बैठकले चाकु निर्यातका लागि अङ्ग्रेजीमा “टोखा ट्रेडिशनल चाकु कन्जरभेशन सोसाइटी” नाम ब्राण्ड निर्धारण गरेको हो ।

    समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले समाजको आगामी साधारणसभासम्म चाकु उत्पादन समबन्धी ऐतिहासिक सामाग्रीहरुको सङ्गालो सहितको स्मारिका प्रकाशन गर्ने पनि निर्णय गरेको छ । त्यसका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । समितिले चाकु निर्माणमा अनुभवी तथा पाका व्यक्तित्वहरुका साथै विज्ञहरुसित अन्तक्र्रिया गरेर सामाग्री तयार गर्ने निर्णयमा उल्लेख छ । यसैगरी समाजको परिचय दिने ब्रोसर बनाउने पनि निर्णय गरिएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै