•            
    • TOKHA LIVE

    • १ असार २०७७, सोमबार ०९:३१

    आजदेखि काठमाडौंका व्यवसायीले सपिङ मल खोल्ने।

    टाेखा लाइभ,असार १ काठमाडौं : आजदेखि काठमाडौंका व्यवसायीले सपिङ मल खोल्ने निर्णय गरेका छन् । लकडाउनको असर लामो समयसम्म रहदा व्यबसाय धरापमा परेकोले ब्यापार व्यवसाय धान्न नसकिने भएकाले सपिङ मल सञ्चालनमा ल्याउनुपरेको ब्यवसायीको भनाइ छ ।

    उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी व्यवसाय सञ्चालन गरिने जानकारी दिएका हुन् ।

    सरकारले अन्य पसल सञ्चालन गर्न दिने तर सपिङ मल नदिएपछि व्यवसायीले यसको विरोध गर्दै आएका छन् । लामो समय व्यवसाय बन्द हुँदा घरभाडा, बैंकबाट लिइएको ऋणको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको व्यवसायीहरुले बताएका छन् ।सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर मल चलाउने ब्यवसायीले बताएका छन् । व्यवसायीले व्यवसाय सञ्चालन गर्दा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।
    होलसेल बजार बिहान ७ देखि दिउँसो २ बजे र खुद्रा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै