•            
    • TOKHA LIVE

    • १४ भाद्र २०७७, आईतवार १३:५७

    रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट:-

    टाेखा लाइभ ,भाद्र १४,काठमाडौं ।
    रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म विक्री खुला गरेको आईपीओ बाँडफाँट भएको थियो।
    विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ८७ हजार ५०९ जना योग्य आवेदकहरुलाई सहभागी गराइएको थियो । योग्य आवेदकमध्येबाट ५ लाख ६७ हजार जना आवेदकले गोलप्रथाबाट १० कित्ताका दरले शेयर हात पारेका थिए ।

    उक्त कम्पनीको आईपीओ खरीदका लागि ५ लाख ८९ हजार ४६४ जनाबाट २ करोड २९ लाख २६ हजार १० कित्ताको माग भएको थियो । यी मध्य १ हजार ९५५ आवेदन रद्ध भएका छन् । रितवपूर्वक आवेदन दिने आवेदकबाट २ करोड २८ लाख ५४ हजार ४२० कित्ता शेयर खरीदका लागि माग भएको विक्री प्रबन्धकको भनाइ छ ।

    कम्पनीले सर्वसाधारणका लागि कुल ६३ लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरिएको थियो ।

    नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । हाल रू. १ अर्ब ४७ करोड चुक्तापूँजी रहेको उक्त कम्पनीले बीमा समितिले तोके बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ जारी गरेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड पुग्नेछ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै