•            
    • TOKHA LIVE

    • १२ भाद्र २०७७, शुक्रबार १५:२५

    बंगलादेश बैंकले सहयोग गर्यो २ करोड २५ लाखको औषधि:-

    टाेखा लाइभ भाद्र १२ काठमाडौं – नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संयुक्त लगानीको बैंक आईएफआईसी बैंक बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो ।
    नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा एक करोड ४५ लाख प्रदान गरिसकेको छ । समाज प्रति एक जिम्मेवार बैंकको हैसियतले बैंक सदैव आफ्नो जिम्मेवारी बहन गर्न तयार रहेको बैंकले बताएको छ।

    हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि RENDESIVIR पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा। बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ ।

    उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने विश्वास बैंकको छ । उक्त औषधिको हालको बजार मूल्य करिब दुई कारोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको बैंकले बताएको छ।

    Facebook Comments

  • सम्बन्धित खवर

    ज्योति विकास बैंक १४ वर्षमा प्रवेश 

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै