•            
    • TOKHA LIVE

    • २ भाद्र २०७७, मंगलवार ०८:४९

    एनआईसी एशिया बैंकको नयाँ अफर : बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुट:-

    टाेखा लाइभ,भाद्र २ काठमाडौं : एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ।

    नेपालमा प्रत्येक वर्ष मनाइने कुशे औंशीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा बाबुलाई मन पर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ।

    आफ्नो इच्छा र चाहनाको ख्याल नगरी छोराछोरीको लागि पसिना बगाउने बुबाहरू उनीहरूका लागि प्रेरणाका स्रोत हुन् भन्ने मान्यताअनुरुप उनै बाबुहरूलाई सम्मान गर्नका लागि यस बैंकले आफ्नो उत्तरदायित्व बहन गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको बैंकले जनाएको छ ।

    डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न यस्ता योजना ल्याएदै आएको छ।

    ग्राहकहरूले उक्त विशेष दिनमा सामग्री खरिद गरी यस बैंकको मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नु सक्ने छन् । ग्राहकहरूले बैंकसँग सो अवधिमा आवद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्नुहुनेछ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिटरक्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको छ ।

    बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धी हासिल गरि मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर

    ज्योति विकास बैंक १४ वर्षमा प्रवेश 

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै