टाेखा लाइभ ,काठमाडौं : सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ ।
यस घर कर्जा योजनाअन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा÷घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्ने भन्दै बैकले विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।
ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिनभित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्षसम्मको समयावधि भएको योजनाअन्तर्गत ग्राहकले घर कर्जा लिन सक्ने बैकले जनाएको छ । यस्तो कर्जा लिने ग्राहकलाई बैंकले नि:शुल्क क्रेडिट कार्ड प्रदान गर्ने जनाएको छ ।