•            
    • TOKHA LIVE

    • २४ पुष २०७९, आईतवार २१:४८

    नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर पछि एकीकृत कारोबार गर्दै

    टाेखालाइभ डट कम/ पौष २४,२०७९

    नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले गत पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौँ जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जनाएको छ।

    दुई बैंक मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नामबाट आगामी पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४ खर्ब ४३ अर्ब पुग्नेछ ।इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी रु १८ खर्ब ३१ अर्ब छ भने मेगा बैंकको रु १६ खर्ब १२ अर्ब रहेको छ ।  मर्जरपश्चात् जगेडा कोष रु १९ अर्ब ७५ करोड, निक्षेप सङ्कलन रु तीन खर्ब ४६ अर्ब ८५ करोड र कर्जा प्रवाह रु तीन खर्ब १९ अर्ब ४४ करोड पुग्नेछ । मर्जरपश्चात् उपत्यकाभित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यकाबाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय दुई सय दुई र एटिएम सङ्ख्या दुई सय ७९ वटा पुग्नेछन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै