•            
    • TOKHA LIVE

    • ९ श्रावण २०७९, सोमबार २१:५०

    ज्योति विकास बैंक १४ वर्षमा प्रवेश 

    टाेखालाइभ डट कम / श्रावण ९

    काठमाडौं/ज्योति विकास बैंकले १४ औं वार्षिकोत्सवको अवसरमा भिडियो बैंकिङको सुरुवात गरेको हो । यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवा सहितको भिडियो केवाइसी सार्वजनिक गरेको हो ।वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका थिए । यस पश्चात् देशविदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन् ।  सोहि अवसरमा बैंकले १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरेको थियो । यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लुस्थित बैंकको ११९ औं शाखाको औपचारिक उद्घाटन पनि गरेको छ । डल्लु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै