•            
    • TOKHA LIVE

    • २३ चैत्र २०७८, बुधबार १३:०६

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ७ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    टाेखालाइभ डट कम/चैत्र २३,२०७८,

    काठमाडौं/ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले हुम्ला सर्केगाड घर भइ हाल तार्केश्वर न पा ८ निवासी कुशल पत्रकार, समाजसेवी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जरङ्खु शाखाको एजेन्सी म्यानेजर नन्द बहादुर ऐडीको असामयिक निधन भएको हुँदा कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

    उक्त मृतक ऐडीले बिगत २ बर्ष अगाडि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ जीवन बीमा पोलिसी बीमाङ्क ५ लाख र उनको छोरी खुशी ऐडीको बाल भविष्य बीमा १ लाखको बीमा पोलिसी खरीद गरेका थिए । उनको बीमा चलिरहेको समयमा निधन भएको हुदा, उनको निधनले शोकमा परेका सोकाकुल परिवारलाई सात लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

    अब फेरी छोरी खुशी ऐडीकोबीमा अबधि समाप्त पछी १ लाख बोनश दिने कम्पनीले जनाएको छ । उनको बीमा अवधी समाप्तिपछि ५ लाख दुई गुणा बीमाङ्क बापत भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै