•            
    • TOKHA LIVE

    • १३ चैत्र २०७८, आईतवार २०:५०

    टाेखा अभियान सहकारीद्वारा एकल महिला र जेष्ठ नागरिक बचतकर्ता सम्मान तथा शेयर,उत्प्रेरणामुलक तालीम

    टाेखालाइभ डट कम/ चैत्र १३,२०७८

    काठमाडौं । टाेखा अभियान बचत तथा ॠण सहकारी संस्था लिद्वारा एकल महिला र जेष्ठ नागरिक बचतकर्तालाई नगद सम्मान तथा युवाहरुकाेलागि शेयर तालिम र सबैकाे लागि उत्प्रेरणामुलक तालीमको आयोजना गरिएको हो।

    टाेखा नगरपालिका वडा ३ स्थित सद्भाव बैंक्वेटमा शनिबार
    टाेखा अभियान सहकारीद्वारा आयोजना गरेको एकल महिला र जेष्ठ नागरिक बचतकर्तालाई नगद सम्मान तथा युवाहरुकाेलागि शेयर तालिम र सबैकाे लागि उत्प्रेरणामुलक तालिमको प्रमुख अतिथी टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोलले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभयो।

    टाेखा अभियान बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे।

    कार्यक्रममा सहकारीका ॠण उपसमितिका संयोजक प्रेमलाल महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथी टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोलले विभिन्न समयमा संस्थाले शेयर कारोबार कसरी गर्ने,शेयर लगानी गरिसके पछि नाफा कसरी कमाउने भन्ने हिसाबमा नडुब्ने किसिमबाट शेयरमा लगानी गर्नु पर्छ र कुन कुन कम्पनीमा लगानी गर्दा डुब्दैन भन्ने किसिमको विभिन्न समय समयमा यस टाेखा अभियान बचत तथा ॠण सहकारी संस्थाले शेयर तालिम संचालन गरिरहेको आफुले अनुभुती गरेको बताइन् ।

    एकल महिला र जेष्ठ नागरिक बचतकर्तालाई नगद सम्मान कार्यक्रम तथा युवाहरुकाेलागि शेयर तालिम र सबैकाे लागि उत्प्रेरणामुलक तालीमले टाेखा वासीहरुको लागि अत्यन्तै फलदायी हुने बताउदै कार्यक्रम सफलताको लागि आयोजक प्रती हार्दिक शुभकामना व्यक्त गर्नुभयो । साथै टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ भैरहेकोमा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले सम्पुर्ण नगरवासीमा स्वास्थ्य बीमामा आवद्ध भई लाभ लिनुहुन समेत हार्दिक अपिल गर्नुभयो ।

    कार्यक्रममा टाेखा अभियान बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठ अहिले युद्धस्तरमा युवाहरू मात्रै नभएर जेष्ठ नागरिकहरु समेत शेयरमा लागिरहेको बताउदै आफू १५ वर्ष देखि शेयरमा लागिरहेको अनुभव रहेको उहाँले बताउनु भयो।

    सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एकल महिला र जेष्ठ नागरिक बचतकर्तालाई नगद सम्मान कार्यक्रमको साथ साथै नगर वासी युवाहरुकाेलागि शेयर तालिम र सबैकाे लागि उत्प्रेरणामुलक तालीम प्रभावकारी हुने हुँदा यस्तो किसिमको तालीमको आयोजना गरेको बताउनुभयो ।

    कार्यक्रमका बिशिस्ट अतिथि टाेखा नगरपालिका २ का वडाध्यक्ष दिपक राज जोशीले सहकारीले संस्थाले
    शेयरधनीहरुलाई शेयर लगानी अभिमुखिकरण जस्ता कार्यक्रम निरन्तर संचालन गरिरहेको बताउदै सहकारीले कुन कुन क्षेत्रमा लगानी गर्दा सुरक्षित तवरले सहकारी अगाडि बढ्न सकिन्छ भन्ने उद्देश्यले यस खाले एकल महिला र जेष्ठ नागरिक बचतकर्तालाई नगद सम्मान कार्यक्रम तथा युवाहरुकाेलागि शेयर तालिम र सबैकाे लागि उत्प्रेरणामुलक तालीमको आयोजक प्रती हार्दिक आभार प्रकट गर्नुभयो।

    कार्यक्रमका बिशिस्ट अतिथि टाेखा नगरपालिका ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठले पहिला पैसा थिएन , पैसा भएपनि बैंकमा राख्नुपर्ने अवस्था थियोे । अहिले घर घरमा सहकारी बैंक खुलेकोले कारोबार गर्न , लगानी गर्न सजिलो भएको उहाँको भनाइ थियोे । टाेखा अभियान सहकारीले संस्थाले
    शेयरधनीहरुलाई शेयर लगानी अभिमुखिकरण जस्ता कार्यक्रम संचालन गरेर शेयर सदस्यलाई प्रोत्साहित गरिएकोमा आफुलाई खुशी लागेको बताउदै वडाध्यक्ष सिंह राज श्रेष्ठले
    टोखा नगरपालिकामा स्वास्थ्य बीमासंग जोड्दै स्वास्थ्य बीमामा आवद्ध भई लाभ लिनुहुन समेत वडावासीमा
    हार्दिक अपिल गर्नुभयो ।

    कार्यक्रममा स्पिकर बिष्णु प्रसाद बस्याल र मेरो लगानीका सिइओ अतीतलाल श्रेष्ठ लगायतले सहकारी संस्थाका शेयरधनीहरुलाई शेयर लगानी सम्बन्धि तालीम दिनुभएको थियो । त्यस्तै रबिन कटुवालले शेयर लगानी सम्बन्धि अभिमुखिकरण तालिम दिनुभएको थियो ।

    टाेखा अभियान बचत तथा ॠण सहकारीका उपाध्यक्ष बिशाल डंगोलले संचालन गर्नुभएको कार्यक्रममा बिशिस्ट अतिथि टाेखा नगरपालिका सहकारी बिभाग प्रमुख कमला कार्कीले
    सहकारी संस्था एकल महिला र जेष्ठ नागरिक बचतकर्ता गरि ५४ जनालाई नगद रु २ हजार सहित खादा ओदाइ सम्मान प्रदान गर्नुभएको थियो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै