•            
    • Sanu Raj Dangol

    • २३ असार २०७८, बुधबार १३:३०

    ज्योति विकास बैंकको रु. १.५ अर्बको ऋणपत्र निष्काशन

    टाेखा लाइभ डट कम /असार २३,२०७८

    ज्योति विकास बैंकले ऋणपत्र निष्काशन गरेको छ।
    ज्योति विकास बैंकले  ऋणपत्र निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मार्फत रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने रु. १.५ अर्बरुपैयाँको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन खुल्ला गरेको छ। लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
    ज्योति विकास बैंकले ९% वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो। रु. १.५ अर्बको ऋणपत्रमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि रु. ६० करोड र व्यक्तिगत/विभिन्न संघसंस्थाहरुका लागि रु. ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो। उक्तऋणपत्रमा न्युनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै