•            
    • TOKHA LIVE

    • १२ फाल्गुन २०७९, शुक्रबार १३:११

    काठमाडौं उपत्यकाका २१ वटै स्थानीय तहमा जग्गाको कित्ताकाट खुल्यो

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    फागुन १२,२०७९

    काठमाडौं उपत्यकाका २१ वटै स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि सबैतिर कित्ताकाट खुलेको छ ।
    उपत्यकाका कतिपय महानगर तथा नगरपालिकाले पहिल्यै जग्गाको वर्गीकरण गरिसकेको हुँदा कित्ताकाट सुरु भइसकेको थियो । भने बाँकी नगरपालिकाले पनि जग्गालाई कृषि र गैरकृषि भूमिमा वर्गीकरण गर्ने काम सम्पन्न गरेका छन्।

    काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटा पालिका रहेको छ।

    भने ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको छ। र भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन् ।

    भूमि मन्त्रालयले भूउपयोग नियमावली २०७९ जारी गर्दै स्थानीय तहले कृषि र गैरकृषि भनेर वर्गीकरण गरी सिफारिस गरेको जग्गामात्र कित्ताकाट गर्न मालपोत र नापी कार्यालयलाई परिपत्र गरेका छन्। २३ मंसिरसम्म सबै स्थानीय तहलाई कम्तिमा कृषि र गैरकृषि भनेर जग्गा वर्गीकरण सम्पन्न गर्न समयसीमा दिएको भए पनि काठमाडौं उपत्यकाकै मालपोले बल्ल आएर जग्गा वर्गीकरण गर्न सकेका छन् ।भने अझै पनि धेरै स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । जग्गाको वर्गीकरण हुन नसक्दा कित्ताकाट समेत घटेको छ। जसले समग्र घरजग्गा कारोबारमै सिथिलता ल्याएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै