•            
    • Sanu Raj Dangol

    • १२ जेष्ठ २०७७, सोमबार १५:००

    कृषि ऐन बनाउन तयारी:-

    टाेखा लाइभ,काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलोपटक कृषि ऐन बनाउने तयारी थालेको छ । ऐनको मस्यौदाका लागि मन्त्रालयका सहसचिव डा.नारायण रेग्मीको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

    सरकारको कृषि नीति कार्यान्वयनका लागि ऐन बनाउन लागिएको मन्त्रालयको भनाइ छ। छुट्टै कृषि ऐन नहुँदा कृषि क्षेत्रको विकास हुन नसकेकोले कृषि ऐन बनाउन मन्त्रालयले कृषि नीति २०६१ पनि परिमार्जन गर्न गठित सहसचिव डा. हरिबहादुर केसीको संयोजकत्वमा अर्को समितिले काम गरिरहेको जनाएको छ ।कृषि मन्त्रालयले हालै घोषणा गरेको कृषि विकासका पाँच नीतिगत आधारमा उल्लेख भएका उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवाको पहुँच, कृषि तथा पशु बिमा र न्यूनतम समर्थन मूल्यसहित खरिदको ग्यारेन्टीका प्रावधानलाई कानुनी रुपमा व्यवस्थित गर्न ऐन आवश्यक भएको मन्त्रालयको भनाइ छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै