•            
    • TOKHA LIVE

    • २ फाल्गुन २०७८, सोमबार १६:३०

    लमजुङमा आलु उत्पादन बढ्यो, कृषकहरु खुसी

    टाेखालाइभ / फागुन २,२०७८

    लमजुङ : लमजुङमा आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाले आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान केन्द्रले जनाएको छ ।

     

    केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ । यस वर्ष एक हजार ९३६ हेक्टर जमिनमा गरिएको आलुखतीबाट २१ हजार १०० मेट्रिकटन उत्पादन भएको हाे । त्यस्तै गत वर्ष आर्थिक वर्षमा १९ हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा २० हजार ९२९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।

     

    लमजुङका सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, बेंसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्हेलासोथार गाउँपालिकालाई बर्खे आलुको मुख्य पकेट क्षेत्र तोकिएको छ ।

     

    केन्द्रले कृषकका लागि आलुखेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदानमा आलुको बीउ वितरण, आलु उत्पादनसम्बन्धी तालिम, आलुमा लाग्ने रोगका किरा नष्ट पार्ने औषधि वितरण गर्दै आएको कार्यालयका सूचना अधिकारी रेग्मीले बताए । आजको मध्यान्ह दैनिकमा समाचार छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै