•            
    • Sanu Raj Dangol

    • १२ पुष २०७८, सोमबार १९:५०

    नयाँं रातो गानोडर्मा च्याउ बजारमा,शिक्षा राज्यमन्त्री यादवद्वारा प्रडक्ट लन्च

    टाेखालाइभ डट कम / पौष १२,२०७८

    ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्थान (NAST) र मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टर प्रा. लि( MSNRC को Collarative Mushroom Researches परियोजना अन्तर्गत ‘ रातो च्याउ ( गानोडर्मा) को प्रोडक्ट लन्च गरिएको छ। ललितपुरको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञामा प्रतिष्ठान (नास्ट) मा शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादवले शुक्रबार एक कार्यक्रममा लन्च गरेकी हुन् ।

    शिक्षा राज्यमन्त्रीले गानोडर्माको लन्च गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रममा सहभागि हुन पाउँदा आफुलाई सौभाग्य र गौरवको महसुस भएको बताइन् ।उनले व्यवस्थित उत्पादनतर्फ देश लाग्नु र त्यसको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

    कार्यक्रममा पुर्व माननीय मन्त्री केशवलाल श्रेष्ठ,कृषि ध्यान केन्द्रका अध्यक्ष कृष्ण भद्र अधिकारी , कृष्ण श्रेष्ठ ,च्याउ उत्पादक किसान संघका अध्यक्ष प्रेम नारायण अधिकारी , केशव श्रेष्ठ र अमरदिप सिंह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
    कार्यक्रममा रातो च्याउ ( गानोडर्मा) को बिषयमा NAST बिज्ञान संकायका प्रमुख डा. कान्ति श्रेष्ठले प्रष्ट्याउनु भएको थियो ।

    त्यस्तै कार्यक्रममा नास्तका विशिष्ट बैज्ञानिक जयकान्त राठतले रातो च्याउ जडिबुटीको राजा भनेर चिनिने बताए । उनले यो जंगलमा पाइने र पछिल्लो दुइ दशकदेखि भने अलिअलि उत्पादन गर्न थालेको जानकारी गराए । साथै उनले यसको उत्पादन र खपत धेरै चीनमा नै हुने गरेको जनाए । अहिले भने नेपालमा नै पनि यसको उत्पादन बढ्दै गएको उनले जानकारी दिए ।
    कार्यक्रममा मसरुम सीड नेपाल एण्ड रिर्सच सेन्टर प्रा.लि का अध्यक्ष आकाश बाडेले बाहिर जाने रकम देशमा नै उपयोग होस् भनेर गानोडर्मा उत्पादन सुरु गरेको बताए । उनले रातो च्याउलाई सुकाएर धुलो बनाएर गानोडर्मा उत्पादन भएको बताए । यो च्याउ दैनिक खानको लागि नभई औषधीको रुपमा प्रयोग हुर्दै आएको उनले बताए ।

    कार्यक्रममा मसरुम सीड नेपाल एण्ड रिर्सच सेन्टर प्रा.लि का अध्यक्ष आकाश बाडेले शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव लगायत अतिथिहरुलाई लन्च भएको उत्पादन सामग्री मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको थियोे ।

    नयाँं रातो गानोडर्मा च्याउमा के छ?

    बिश्वना सञ्जिवनी बुटि भनेर चिनिने गानोडर्मा च्याउलाई
    रातो च्याउको नामले प्रसिद्ध छ। यसको बैज्ञानिक नाम Ganoderma lucidum हो। यसलाई जापानमा Reishi चीनमा Lingzhi भनेर चिनिन्छ जसको अर्थ चम्किलो छाला हुन्छ ।
    धेरै थरी जडिबुटीमा पाइने औषधिय गुणहरु यस च्याउमा पाइने तर औषधिय गुणहरु अरुमा नपाइने हुनाले यस रातो च्याउलाई जडिबुटीको राजा पनि भनिन्छ। यस जडिबुटीमा मानवीय शरीरलाई फाइदा पुर्याउने polysaccharides, Adenosines, Triterpenoids,Sterols,Alkaloids,Fatty Acids, steroids लगायत ४ सय थरी भन्दा बढी सक्रिय तत्वहरु पाइन्छ ।

    रातो गानोडर्मा च्याउ उपयोगका फाइदाहरु

    क्यान्सरको प्रतिरोध गर्ने,विभिन्न रोगहरुबाट सुरक्षित राख्ने,मुटु को सुरक्षा गर्ने,मधुमेहबाट सुरक्षित बनाउने ,निरासा हटाउने,निन्द्रालाई सन्तुलित राख्ने , रक्तचापलाई सन्तुलनमा राख्ने गर्दछ। हालसालै गरिएको बैज्ञानिक अनुसन्धानहरुका अनुसार रातो गानोडर्मा च्याउको नियमित सेवनबाट कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भइरहेको बताएको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै