•            
    • Sanu Raj Dangol

    • १ मंसिर २०७८, बुधबार २१:११

    अर्थ मन्त्री जनार्दन शर्माले उद्घाटन गरे कृषकका लागी फर्मा ब्राण्डको ट्याक्टर

    टाेखालाइभ डट कम / मङ्सिर १ ,२०७८

    काठमाडौं /यती टेक्निक फर्मा प्रालिको भगिनी संस्था कृषि समूह नेपालले आयोजना गरेको नेपाली बजारमा फर्मा ट्याक्टर ब्रान्डको एकमात्र आधिकारिक आयातकर्ता भई बिक्री वितरण गर्दै आइरहेको छ ।

    आज नेपाली बजारमा फर्मा ट्याक्टर ब्रान्डको सोल्टी होटलमा एक कार्यक्रमका बिच उक्त ट्याक्टरको प्रमुख अतिथी अर्थ मन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभयो।

    उद्घाटनको क्रममा अर्थ मन्त्री शर्माले कृषकका लागी ट्याक्टर एकदमै नेपाली सुहाउँदो माटो लक्ष्यित र उपयोगी भएकोले भारतबाट पाटपुर्जा ल्याई नेपालमै उक्त ट्याक्टरक उत्पादन थाल्ने हो भने नेपाल सरकारले कम्पनी को आवश्यकता अनुसार माग भए बमोजिमको जग्गा पनि उपलव्ध गराउने वचन दिदै उद्योग संचालनको निम्ती सहुलियत दरमा प्रति यूनिट ६ रुपैयाँ दरले विद्युत उपलव्ध गराउने प्रतिबद्धता समेत  व्यक्त गर्नुभयो ।

    अहिले भारतको स्वामित्वमा रहेको विश्वको लागि यो फर्मा ब्राण्डको ट्याक्टर युरोपेली प्रविधिको साथ भारतमा अत्याधुनिक प्रविधिबाट बनाइ यस्ले विश्व बजारमा निर्यात गरि बिक्रीवितरण गरिरहेको छ ।फर्मा ब्राण्ड परम्परागत युरोपेली विरासतमा कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । यो बोटोसानीको रोमानियाली टाउनशिपमा आधारित भएको र रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको ट्याक्टर हो ।

    नेपालमा फर्मा ब्राण्डको उन्नत प्रविधि युक्त ट्रयाक्टर लन्च गरिएको बताउदै कृर्षि ग्रुपका अनिल श्रेष्ठले कम्पनीले विशेष गरी कृषिमा समुदायको गुणस्तर सुधार्न, उद्यम र उद्यमशीलतामा पहल गर्न र एक विश्वसनीय व्यापार साझेदार बन्न उक्त कार्यक्रम गरेको बताए ।

    कार्यक्रममा कृषि समूहका अध्यक्ष तेज विक्रम थापाले यसको भगिनी सरोकार यति टेक्निक फार्म प्रा लि को ग्राहकहरूलाई निर्बाध रूपमा सेवा दिनको लागि नेपालभर विक्री र सेवा आउटलेटहरूको बलियो नेटवर्क संजाल भएको बताए ।
    अन्तरराष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले फर्मा ब्रान्डको ट्याक्टरको नेपालमा प्रवेश गर्नुको भिजन मिशनमाथि प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा नेपाल अटाेमोबाइल व्यवसायी (नाडा ), यातायात
    व्यवसायी संघ , कृषि मन्त्रालय , कृषि सहकारी लगायत अन्य संघसंस्थाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै